समिट लघुवित्तको संस्थापक शेयर बिक्रीमा
७ फाल्गुन २०७९, आईतवार ११:३७

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८४ हजार ९०० कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात सकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्रीमा ल्याउने कम्पनीले जनाएको छ ।












