तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण प्रयोजनका लागि बुकक्लो गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश पाउनेछन् ।
यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्दैछन् । फागुन ९ गते ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यसर्थ यी कम्पनीको लाभांश पाउने सोमबारसम्म नेप्सेमा शेयर खरिद गरि कायम भएको हुनुपर्नेछ ।
कर्पोरेट डेभलपमेन्ट बैंकले आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।२६ प्रतिशत नगद गरी कुल ५।२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले फागुन २२ गते बैंकको प्रधान कार्यालय आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे बस्नेगरी साधारण सभा डाकेको छ ।
साथै ङादी ग्रुप पावरले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४।५७५ बोनस सेयर र कर प्रयोजनको लागि ०।२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारितका लागि कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ ।
त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको फागुन १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुनेछ । सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ६।०५२ प्रतिशत नगद ९कर सहित० गरी कुल २१।०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।












