जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
८ फाल्गुन २०७९, सोमबार १०:१२

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
संस्थाको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् संस्थाको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।












