एनआइसी एशिया लघुवित्तको संचालकमा राठी र भारी नियुक्त, अध्यक्ष बने राठी

८ फाल्गुन २०७९, सोमबार १०:३२

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले दुई संचालक  नियुक्त गरेको छ । संस्थाको फागुन ८ गते बसेको संचालक समितिको बैठकले सन्तोष कुमार राठी र दिनेश भारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक कपिल ढकाल र प्रकाश बरालको ठाउँमा नयाँ संचालक नियुक्त गरेको हो ।

साथै संस्थाको फागुन ५ गते बसेको संचालक समितिको बैठकले सन्तोष कुमार राठीलाई संचलाक समितिको अध्यक्षमा नियुक्त गरेको छ । नवनियुक्त सञ्चालक अध्यक्ष सन्तोष कुमार राठीले फागुन ८ गते प्रचलित कानून तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन् भने सञ्चालक दिनेश भारीले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् ।

राठी र भारी हाल एन आई एशिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानून अधिकृतमा कार्यरत छन् । राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ भने भारीको कानून तथा बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ ।

यस संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेले १६६औँ सञ्चालक समितिको बैठकमा उच्चतम बैंकिङ्ग अनुभव प्राप्त व्यक्तिहरुलाई संस्थाको सञ्चालकका रुपमा स्वागत गरेका थिए । साथै, उनीहरुको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्तीय संस्थाहरु माझमा अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*