मर्जर प्रस्तावसहित युनिक नेपाल लघुवित्तले डाक्यो साधारण सभा

८ फाल्गुन २०७९, सोमबार १०:३४

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले चैत ४ गते शनिबार होटल सेन्ट्रल प्लाजा, कोहलपुर नगरपालिका वडा नं. ४ बाँकेमा बिहान १० बजे बस्नेगरी चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सो सभाले अन्य कुनै लुघवित्त वित्तीय संस्थासँग एकआपसमा गाभ्ने।गाभिने तथा मर्जर वा प्राप्ति सम्बन्धि उपयुक्त प्रस्ताव आएमा सो कार्यको लागि उपयुक्त लघुवित्तको पहिचान गर्न सहमतिपत्रमा हस्ताक्षर गर्न, सोको आधारमा सैद्दान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिन वा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव राखिनेछ ।

यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आव २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने एकजना संचालकहरुको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ संस्थाले फागुन २२ गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ फागुन २१ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*