लाभांश र मर्जर प्रस्तावसहित सर्पोट लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

८ फाल्गुन २०७९, सोमबार १०:४८

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, दुर्गा पार्टी प्यालेस, इटहरी–४, सनुसरीमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

सो सभाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको ११% बोनस सेयर र कर तिर्न ०.५७% नगद लाभांश गरी कुल ११.५७% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि संस्थाले फागुन २१ गते बुक क्लोज गर्ने भएको छ । फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*