कृषि विकास बैंकका नव नियुक्त सिइओ गोविन्द गुरुङले आजदेखि सम्हाले कार्यभार

८ फाल्गुन २०७९, सोमबार १२:३०

काठमाडौं । कृषि विकास बैंकको नव नियुक्त सिइओमा गोविन्द गुरुङले आजदेखि कार्यभार सम्हालेका छन् । आईतबार सार्वजनिक बिदा परेको कारण आज नियुक्तिपत्र बुझेर कार्यभार सम्हालेका हुन् ।नव नियुक्त सिइओमा गोविन्द गुरुङले बैंक सञ्चालक समितिको कार्यवाहक अध्यक्ष तथा सिईओ छनौट समितिका संयोजक सुमन दाहालबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका हुन् ।

कृषि विकास बैंकको सीईओमा २२ जनाले आवेदन दिएका थिए।। तीमध्ये ५ जनाको नाम सर्टलिष्ट गरिएको छ। बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कामु नायब महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रीकुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको थियो। सबै प्रतिस्पर्धीलाई पछार्दै गुरुङ सीईओ बनेका हुन् ।

विगतमा सिभिल बैंकमा पनि ४ वर्षे कार्यकाल सकिन ३ महिना बाँकी रहँदै उनले पदबाट राजीनामा दिइ म्यानमारको म्यानमार सिटिजन्स बैंकको सिइओ भएर काम गरेका अनुभवी प्रशासक हुन् ।

सन् २०१२ को अक्टोबरमा डेपुटी सीइओका रुपमा सिभिल बैंक प्रवेश गरेका गुरुङ सन् २०१७ को मे महिनामा निमित्त सीइओ भएका थिए । २५ वर्षअघि बैंकिङ करिअर शुरु गरेका गरुङसँग हिमालयन, ग्लोबल र मेगा बैंकमा काम गरेको अनुभव छ । गुरुङ संवभत विदेशी बैंकमा सिईओ बनेर काम गर्ने पहिलो नेपाली सीइओ पनि हुन । म्यानमार सिटिजन्स बैंकको सिनियर भाइस प्रेसिडेन्ट नेपाली टेकराज पराजुली हुँदा उनी त्यहाँको सिईओ भएर गएका थिए । गुरुङले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*