यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
८ फाल्गुन २०७९, सोमबार १५:०४

काठमाडौं । तीन दिनपछि खुलेको शेयबजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६ विन्दुमा कायम भएको छ ।
नेप्से घटेसँगै कारोबार रकम समेत घटेर १ अर्ब ९७ करोडमा सीमित हुन पुगेको छ । आज सर्वाधिक हिमालयन डिष्टिलरीको २० करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, साल्ट ट्रेडिङको ११ करोड ४८ लाख, जीवन विकास लघुवित्तको ६ करोड ५५ लाख, एनआइसी एशिया बैंकको ५ करोड ५५ लाख र सानिमा बैंकको ४ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













