समायोजनपछि ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आईएमई बैंकको शेयर सूचीकृत भएको छ । बैंक अफ काठमाण्डूलाई प्राप्तिपश्चात् कायम हुन आएको शेयर सूचीकृत भएको हो ।
बीओकेको ११ करोड २६ लाख १४ हजार ३ सय ३७ दशमलव १७ कित्ता शेयर सुचिकृत भएको हो । बैंक अफ काठमाण्डूको यो शेयर अब ग्लोबल आईएमई बैंकको नामबाट कारोबार हुने छ । ग्लोबलले बैंक अफ काठमाण्डूलाई १ः१ को स्वापमा गाभेको हो ।
आज सुचिकृत शेयर र ग्लोबल आईएमई बैंकको यस अघि नै कायम २४ करोड ५० लाख ९६ हजार २ सय ६१ कित्ता गरि अब बैंकको कुल सुचिकृत शेयर संख्या ३५ करोड ७७ लाख १० हजार ५ सय ९८ दशमलव १७ कित्ता कायम भएको छ ।
शेयर सुचिकृत भएसँगै बुधबारबाट बैंकको शेयर कारोबार हुनेछ । नेप्सेले बैंकको पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज २०९.४२ रुपैयाँ तोकेको छ ।












