नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, बुधबार कतिमा खुल्ला कारोबार ?

८ फाल्गुन २०७९, सोमबार १६:०६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । ङादी ग्रुप पावर, स्वावलम्बन लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी तीनवटै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म ङादी ग्रुप पावरको २७६ रुपैयाँको आधारमा नेप्सेले ४.७५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २६३ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

त्यस्तै, स्वावलम्बन लघुुवित्तको पनि ११३० रुपैयाँका आधारमा नेप्सेलेल १५% बोनस शेयर वितरणपछिको शेयरमूल्य ९८२ रुपैयाँ ६१ पैसा कायम गरेको छ । साथै कर्पोरेट डेभलपमेन्ट बैंकको पनि आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम ३२६ रुपैयाँका आधारमा ५% बोनस वितरणपछिको शेयरमूल्य ३१० रुपैयाँ ४८ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा बुधबार यी तीनवटै कम्पनीको कारोबार खुल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*