लघुवित्त संस्थाहरु लघुवित्त जस्तो बनेनन् : अध्यक्ष ज्ञवाली

काठमाडौं । लघुवित्त विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पछिल्लो समय लघुवित्त संस्थाहरु लघुवित्त जस्तो नबनेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन् ।
लामो अध्ययनपछि लघुवित्त संस्थाहरुविरुद्ध उत्रिएको बताउँदै लघुवित्तरु संस्थाहरुले संस्थाको नियमविपरित कार्य गरेको र लघुवित्त जस्तै नबनेको बताए । लघुवित्त कम्पनी ऐनअन्तर्गत दर्ता हुनु गलत भएको बताउँदै अहिले लघुवित्तका कारण ऋणीहरु समस्यामा परेको उनले बताए ।
अध्यक्ष ज्ञवालीले यसको समस्या समाधानका लागि सहुलियतपूर्ण कर्जा लघुवित्तबाट दिन नहुने समेत उल्लेख गरे । ‘एक पटक ऋण लिएर तिर्न नसक्दा पनि लघुवित्तले फेरी पनि ऋण दिइरहे, अहिलेको समस्याको कारण नै यहि हो ।’ उनले भने ।
साथै उनले अहिले केही इमान्दार कम्पनीबाहेक नेता र ठूला कर्मचारीको शेयर भएका कम्पनीमा बढी समस्या रहेको समेत दाबी गरे । (आजको कारोबार दैनिकमा प्रकाशित)











