महालक्ष्मी लाइफद्धारा चैत ९ गतेसम्म विलम्ब शुल्क नविकरण गर्दा २५ प्रतिशत छुट
९ फाल्गुन २०७९, मंगलवार ११:०९

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विलम्ब शुल्क नविकरण गर्दा २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
कम्पनीका अनुसार बीमितहरुले अब फागुन ९ गतेदेखि चैत ९ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गर्दा बिलम्ब शुल्कमा २५ प्रतिशत छुट पाउनेछन् ।
कम्पनीका बीमितहरुले यसअघि भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरी २०७७ फागुन १० गतेदेखि २०७९ चैत ९ गतेसम्म छुट प्रदान गर्ने भएको छ ।











