एउटै व्यक्ति दुईवटा पब्लिक कम्पनीको अध्यक्षमा नियुक्त
९ फाल्गुन २०७९, मंगलवार १४:२४

काठमाडौं । एउटै व्यक्ति दुईवटा पब्लिक कम्पनीको संचालक समितिको अध्यक्षमा चयन भएका छन् । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सन्तोष कुमार राठीलाई एनआइसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।
एनआइसी एशिया लघुवित्त र क्यापिटलको नवनियुक्त अध्यक्ष सन्तोष कुमार राठी यहि फागुन ८ गते नियुक्त भएका हुन् ।
लघुवित्त र क्यापिटलको फागुन ८ गते छुट्टाछुट्टै बसेको संचालक समितिको बैठकले राठीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । एउटै व्यक्ति दुईवटा पब्लिक कम्पनीको अध्यक्षमा नियुक्त भएको नौलो घटना भएको छ ।












