बैंकहरुको ज्यादती बिरुद्ध धनगढी र अत्तरियामा विशाल सभा, ब्याजदर घटाउन माग

९ फाल्गुन २०७९, मंगलवार १५:५९

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लिदै आएको चर्को ब्याजदर विरुद्ध कैलालीको धनगढी तथा अत्तरिया विरोध गरिएको छ । व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर घटाउन माग गरेका हुन् ।

धनगढी र अत्तरियाका व्यवसायीले ब्याजदरको विरोध गर्दै प्रदर्शन समेत गरेका हुन् । ८ प्रतिशतमा लिएको ऋणको ब्याज आफुअनुकुल १६ प्रतिशतसम्म वृद्धि गरेको भन्दै व्यवसायीहरुले त्यसको खुलेर विरोध गरेका छन्।

अत्तरियामा अत्तरिया उद्योग वाणिज्य संघ र धनगढीमा कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा बैंक ब्याजदर विरुद्ध व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*