किसान लघुवित्तद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

१० फाल्गुन २०७९, बुधबार १०:५३

काठमाडौं । किसान लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आवको मुनाफाबाट गत वर्ष कम्पनीले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांश दर गत वर्ष भन्दा यस वर्ष घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*