आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न

१० फाल्गुन २०७९, बुधबार ११:१०

काठमाडों । आत्मनिर्भर लघुवित्तले आईपीओ बाँडफाँड सम्पन्न गरेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि फागुन २ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा बाँडफाँट गरेको हो।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको थियो।

लघुवित्तले रितपूर्वक आवेदन दिएका २ हजार ३३ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो। सोमध्ये भाग्यमानी ८ जनालाई थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*