नेपाल टेलिकमका दुई संचालक हेरफेर

१० फाल्गुन २०७९, बुधबार ११:२१

काठमाडौं । नेपाल टेलिकमका दुई संचालक हेरफेर भएका छन् । कम्पनीमा अर्थमन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्ने २ संचालक हेरफेर भएका हुन् ।

जस अनुसार उत्तर कुमार खत्रीको ठाउँमा बाबुराम भण्डारी चयन भएका छन् भने भुपाल बरालको ठाउँमा झक्क प्रसाद आचार्य चयन भएका छन्। अर्थ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै संचालक सदस्य हेरफेर गरेको हो ।

कम्पनीको संचालक चयन भएका बाबुराम भण्डारी र झक्क प्रसाद आचार्य अर्थ मन्त्रालयका सह सचिव हुन् । नेपाल टेलिकममा अर्थ मन्त्रालयका २ सह सचिव संचालक हुने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*