नबिल बैंकको दुई शाखा कार्यालय स्थानान्तरण हुँदै
१० फाल्गुन २०७९, बुधबार ११:४७

काठमाडौं । नबिल बैंक लिमिटेडको दुई शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बुटवल शाखा र चन्द्रपुर शाखा कार्यालय स्थानान्तरण हुने भएको हो ।
बैंकले रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका–६ अवस्थित शाखा कार्यालय बुटवल उपमहानगरपालिका–८ मा स्थानान्तरण गर्ने भएको हो । त्यस्तै, बैंकले रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका–४ मा रहेको शाखा कार्यालय रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ५ मा स्थानान्तरण गर्ने जनाएको छ ।
बैंकले सो स्थानबाट फागुन १४ गते देखि उक्त शाखा कार्यालय संचालन हुने जनाएको छ । साथै बैंकले आफ्ना ग्राहकहरुलाई कुनै टुटफुट हुने सामानहरु भएमा फागुन ११ गतेदेखि साविकको शाखा कार्यालयहरुबाट कार्यालय समय १० बजेदेखि ३ बजेसम्म निकाल्न समेत अनुरोध गरेको छ ।












