शेयरबजारमा ३३ अंकको सुधार, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१० फाल्गुन २०७९, बुधबार १५:०५

काठमाडौं । लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । केही दिनयता ओरालो लागेको नेप्से सूचक आज ३३.५७ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ ।

नेप्से बढेपनि आजको कारोबार रकम भने खासै उत्साहजनक देखिएको छैन। आज जम्मा एक अर्ब ८० करोडमाथिको मात्रै कारोबार हुन पुगेको छ ।

सर्वाधिक हिमालयन डिष्टिलरीको १३ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख, ग्लोबल आइएमई बैंकको ४ करोड ६१ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५२ लाख र ङादी ग्रुप पावरको ४ करोड १६ लाख रुपैयाामाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*