मैलुङ खोला जलविद्युतको ठेगाना परिवर्तन
१० फाल्गुन २०७९, बुधबार १६:५०

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको ठेगाना परिवर्तन गरिएको छ । कम्पनीको पुस २६ गते वसेको साधारण सभाले ठेगाना परिवर्तन गर्ने निर्णय गरेको हो ।
कम्पनीको साविक ठेगाना काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वाड नम्बर १ मा रहेकोमा परिवर्तन भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर २ मा रहेको छ ।













