सिरहामा दिउँसै ग्लोबल आइएमई बैंकको नौ लाख रुपैयाँ लुटियो

१० फाल्गुन २०७९, बुधबार १८:०९

काठमाडौ । सिरहामा कर्मचारीको साथबाट लैजादै गरेको ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटिएको छ ।बुधबार दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलमा रकम लिएर कल्‍याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको प्रहरीले जनाएको छ ।लुटेराहरुको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*