राष्ट्र बैंकद्धारा लघुवित्तको लाभांश वितरण र कर्जामा कडाई, दोहोरो संस्थाको कर्जामा लगाम (निर्देशिका सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुहरुको लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज लघुवित्तहरुलाई जारी गरेको एकिकृत निर्देशनमा जारी गर्दै लाभांश बितरणमा नयाँ व्यवस्था लागु गरेको हो ।अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस अघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश नगद वा बोनसवितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।
नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई कर्जामा लिएको ब्याजको कम्तीमा ५० प्रतिशत ब्याज निक्षेप तथा बचतमा दिन निर्देशन दिएको छ ।केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशन संशोधन गरी व्यवस्था गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन ।
त्यस्तै,बिनाधितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्त संस्थाले कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नुपर्ने वयवस्था रहेको छ ।
circular-no-5-D











