लघुवित्तहरुको लाभांश वितरण कस्यो राष्ट्र बैंकले, अब कति प्रतिशतसम्म वितरण गर्न पाईन्छ ? यस्तो छ प्रावधान
१० फाल्गुन २०७९, बुधबार १८:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुको लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज लघुवित्तहरुलाई जारी गरेको एकिकृत निर्देशनमा जारी गर्दै लाभांश बितरणमा नयाँ व्यवस्था लागु गरेको हो ।
अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस अघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश नगद वा बोनसवितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।













