नेशनल हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले चैत ३ गते डेलिस ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट बस्नेगरी सभा आह्वान गरेको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यसपटक शेयरधनीहरुको हात खाली हुनेछ । हाल नेशनल हाइड्रोपावरले ५०% हकप्रद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डबाट अनुमति पाएपछि यस कम्पनीले हकप्रद सेयर बिक्री खुला गर्नेछ ।












