दर्जन लघुवित्तको शेयरमा नकारात्मक सर्किट, राष्ट्र बैंकको निर्णयले लघुवित्तको शेयरमा पहिरो

११ फाल्गुन २०७९, बिहीबार १२:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो गरेको निर्णयका कारण नेपालमा सञ्चालित पाँच दर्जनभन्दा बढि लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएको छ । थोरै संख्याका लघुवित्त कम्पनीहरुको शेयरमा भारी गिरावट आएसँगै शेयर लगानीकर्ताहरु अत्तालिएर बिक्री गर्न बसेका छन् । जसका कारण दर्जनभन्दा बढि लघुवित्त कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

लघुवित्त कम्पनीहरुको शेयरमा पहिरो जाँदा समग्र शेयर बजार नै प्रभावित भएको छ । जसको कारण यो समाचार तयार पार्दासम्म बजार ५० अंकले घट्न पुगेको छ । आज सर्वाधिक घट्नेमा समिट लघुवित्त, महिला लघुवित्त, जीवन विकास, जाल्पा लघुवित्त, नेष्डो लघुवित्त, आदर्श लघुवित्त लगायतका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*