एभरेष्ट बैंकद्वारा कमलविनायक भक्तपुरमा आफ्नो १२४ औं शाखा उद्घाटन

११ फाल्गुन २०७९, बिहीबार १७:३०

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०७९ साल फाल्गुण ११ गतेका दिन भक्तपुरको कमलविनायकमा आफ्नो १२४ औं शाखा उद्घाटन गरेको छ ।

उक्त शाखाको उद्घाटन भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, भक्तपुर चेम्बर अफ कमर्सको तर्फबाट चाँगुनारायण नगर चेम्बरका अध्यक्ष गोकुल प्रसाद प्रजापती, जगाती प्रहरी चौकी भक्तपुरका प्रमुख – प्रहरी नायब उपरिक्ष राज कुमार श्रेष्ठ, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले कमलविनायक र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । यो संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४५ पुगको छ ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*