कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त
१२ फाल्गुन २०७९, शुक्रबार ११:३८

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालक हेरफेर भएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरीयको फागुन १० गतेको निर्णयअनुसार बैंकको संचालकमा रामशरण पुडासैनीलाई नियुक्त गरेको हो ।
कागेश्वरी मनोहरा ३ काठमाडौं स्थायी ठेगाना भएका पुडासैनीलाई कृषि विकास बैंकको नियमावलीको नियम १२ (२) को खण्ड ‘क’ बमोजिम बैंकको संचालक समितिको सदस्य पदमा नियुक्त गरेकोले बैंक संचालक समितिको फागुन १० गते नै बसेको बैठकमा पुडासैनीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
साथै सोही बैठकले पुडासैनीलाई संचालक समितिको अध्यक्ष पदमा छनोट गरी निजले प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ ग्रहण समेत गरेका छन् ।











