एशियन हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँड हुदै, १४ लाख बढीको हात खाली हुने पक्का

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आइपीओ आइतबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार आइपीओ बिक्री प्रबन्धकको कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ ।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४।७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।
अन्तिम दिनसम्ममा कम्पनीको आइपीओमा १४ लाख ९२ हजार ७७८ जनाको आवेदन परेको छ । सर्वसाधारणको लागि निष्काशन गरेको ६ लाख ९७ हजार २०० कित्ता शेयरको यो आवेदन २३.८४ गुणा बढी हो । आइपीअो गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । कम्पनीको आइपीओ १० कित्ताका दरले ६९ हजार ७२० जनाले पाउनेछन् भने बाँकी १४ लाख २३ हजार ५८ जनाको हात खाली हुनेछ ।












