आर्थिक मन्दीका प्रभाव नेपाली सेयर बजार देखिएको छ: नेप्से सिईओ

१३ फाल्गुन २०७९, शनिबार १८:४७

काठमाडौं । शेयर बजार सम्बन्धी आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दुई दिने परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नाफिजले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा शुक्रबारदेखि काभ्रे पनौतीस्थित डाइमन्ड हिल रिसार्टमा आयोजना गरेको कार्यक्रम शनिबार सम्पन्न भएको हो।

कार्यक्रममा नेप्सेका सिईओ कृष्णबहादुर कार्कीले विश्व अर्थतन्त्रमा आएको आर्थिक मन्दीका कारण नेपाली सेयर बजार पनि प्रभावित भएको बताए ।
‘अहिले सेयर बजारको परिसचुक किन घटिरहेको छ भनेर प्रश्न आइरहेको छ । यस मामलामा देश भित्रको अवस्था हेरेर मात्रै हुँदैन,’ उनले भने, ‘कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण विश्व अर्थतन्त्र समस्याग्रस्त भएको छ ।
त्यसको असरले नेपाली अर्थतन्त्र पनि प्रभावित भएको छ । फलस्वरुप सेयर बजारको परिसूचक घटेको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*