छ्याङ्दी हाइड्रोपावरले १ः१.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
१४ फाल्गुन २०७९, आईतवार १०:३०

काठमााडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएकोछ । कम्पनीले चुक्तापुँजीको १५०% हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीको फागुन १२ गते बसेको संचालकस मिमितिको बैठकले कम्पनकिो गत पुष ३० गते सम्पन्न आठौं वार्षिक साधारण सभाले पारित गरेबमोजिम चुक्तापुँजीको ४०% हकप्रद जारी गर्ने निर्णय रद्द गरी हाल कायम चुक्तापुँजीको १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीको १ः१.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नियमनकारी नियकाहरुबाट स्वीकृति प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।












