जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

१४ फाल्गुन २०७९, आईतवार १०:५४

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर आज राती ९ बजे स्वदेश फर्कनु भएको छ ।

सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गर्नु भएको थियो।

जी २० का अर्थमन्त्रीहरुको सम्मेलन हिजो र आज भएको थियो । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडल फागुन ११ गते भारत जानु भएको थियो ।
नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*