आरएडीसी लघुवित्तको करिब ५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनी भुपेन्द्र ज्ञवालीको नाममा रहेको ४ हजार ९४० कित्ता शेयर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको रजिष्ट्रार कार्यालय बीओके क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौं वा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको रजिष्टार्ड कार्यालय बुटलव १०, रुपन्देहीमा दरखास्त दिन सक्नेछन् ।
साथै उक्त शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिमको हुनेछ । तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि दरखास्त नपरेको खण्डमा प्रचलित नियमअनुसार सो शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।












