सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी शकुल्तला कुमारी थापाको नाममा रहेको १ लाख ६० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयर बिक्रीको लागी विद्यमान संस्थापक शेयरधनीलाई पहिला नै ३५ दिन सूचना प्रकाशित गरिसकेको भएकाले अव सूचना प्रकाशित मितिले ७ दिन भित्र कार्यालय समयमा आवश्यक कागजात संलग्न गरी केन्द्रिय कार्यालय हात्तिसार काठमाडौमा आवेदन दिन सक्नेछन् ।
त्यस्तै, कम्पनीका संस्थापक शेयरधनी आत्मा कृष्ण श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता शेयर पनि लिलामीमा ल्याएको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र कम्पनी सचिवको कार्यालय हात्तिसार, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।












