निर्धन उत्थान लघुवित्तद्वारा चारजना संचालक निर्वाचित
१४ फाल्गुन २०७९, आईतवार ११:१४

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संचालक चयन गरेको छ । लघुवित्तको फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक गरी कुल ४ जना संचालक निर्वाचित भएका हुन् ।
सस्थापक तर्फबाट संचालक पदमा हरि कृष्ण पन्त र देवेन्द्र बहादुर राउत रहेका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने टोप बहादुर रायमाझी र संम्रिता तिवारी निर्वाचित भएका छन् ।
साधारण सभा सम्पन्न पश्चात् संस्थाको संचालक समितिको बैठकमा निर्वाचित संचालकहरुले बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।











