सेटलमेन्ट ग्यारेन्टी फण्ड नहुदाँ समेत ब्रोकर कम्पनीले भुक्तानीमा ढिलाई गरेका छैन: अध्यक्ष सापकोटा

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड नहुदाँ समेत ब्रोकरले भुक्तानीमा ढिलाई नगरेको बताए । नाफिजले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नाफिजले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा शुक्रबारदेखि काभ्रे पनौतीस्थित डाइमन्ड हिल रिसार्टमा आयोजना गरेको कार्यक्रम शनिबार सम्पन्न भएको हो। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले सेटलमेन्ट ग्यारेन्टी फन्ड नहुँदा पनि ब्रोकर कम्पनीहरुले लगानीकर्ताको भुक्तानी समयमा गर्दै आएको बताए ।
‘नेपालको पुँजी बजारको इतिहासमा एकैदिन २२ अर्ब रुपैयाँसम्मको सेयर कारोबार हुदाँ पनि ब्रोकर कम्पनीहरुले सहज रुपमा समयमै राफसाफ गरेका थिए ।तर, अहिले ब्रोकर कम्पनीले भुक्तानी दिँदैनन् भनेर विभिन्न आक्षेप पनि लाग्ने गरेको छ,’ उनले भने, ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड नहुदाँ समेत ब्रोकरले भुक्तानीमा ढिलाई गरेका छैनन्, यो बुझ्न आवश्यक छ ।
स्रमग वित्तिय क्षेत्रमा भुक्तानीमा समस्या देखिएको छ, तर आजसम्म ब्रोकरले पैसा नदिएको भन्ने गुनासो लगानीकर्तालाई दिएका छैन । विदेशमा कतिपय ब्रोकर कम्पनीहरु राफसाफ नगरेर भागेको इतिहास छ । तर, नेपालीको हक आजसम्म प्राविधिक कारणले बाहेक कुनै पनि सेयर कारोबारको राफसाफ नभएको इतिहास छैन ।’ यसैगरी सेटलमेन्ट ग्यारेन्टी फन्ड र अक्सन मार्केट नहुदाँ ब्रोकरहरु मारमा परेको उनको भनाइ छ ।












