इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा तथा लिडरसिप सिम्पोजियम तालिम सम्पन्न

१४ फाल्गुन २०७९, आईतवार १६:४९

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा तथा आफ्ना कर्मचारीहरुको लिडरसिप सिम्पोजियम तालिम सम्पन्न गरेको छ ।

संस्थाको आज बसेको साधारण सभाले चुक्ता पुँजी ४१ करोड ४५ लाख रुपैयाँको २० प्रतिशतले कायम हुन आउने ८ करोड २९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

सभाले आ.व.२०७९।८० को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्तिको सिफारिस तथा वित्तीय संस्थाले एक वा एकभन्दा वढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनार्थ सम्वन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी समेत सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ । सभाले वित्तीय संस्थामा कार्यरत कर्मचारी मध्ये उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई इम्प्लोई अफ द यिएरको अवार्ड समेत प्रदान गरेको छ । सभा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष बल राम विष्टको अध्यक्षतामा सम्पन्न भएको जानकारी संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले बताए ।

साथै, संस्थाले मिति २०७९।११।११ गतेबाट मिति २०७९।११।१२ गतेसम्म कार्यक्रममा पूर्वाधार विज्ञ डा.सुर्यराज आचार्यको विशिष्ट आतित्थमा लिडरसिप सिम्पोजियमको बारेमा सहभागिहरुलाई प्रशिक्षित गर्नु भएको थियो । कार्यक्रममा विज्ञ डा.आचार्यले लघुवित्त सम्वन्धी विभिन्न किसिमका समस्या तथा चुनौतिहरुलाई समाधान गर्दै कसरी अगाडि बढ्ने विषयमा स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रममा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बलराम विष्ट, स्वतन्त्र सञ्चालन महेश्वर प्रसाद जोशी तथा वित्तीय संस्थाका संस्थापक शेयरधन दिनेश अधिकारीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा वित्तीय संस्थाको अध्यक्ष बल राम विष्टले कर्मचारीहरुले हालको विषम परिस्थितिमा पनि उच्च गुणस्तरको कार्य सम्पादन गरेको र भोलिको दिनमा समेत सोहि बमोजिम कार्य गर्न उत्प्रेरित गरेका थिए ।

कार्यक्रम वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाको सभापतित्वमा सञ्चालन भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*