लाभांश प्रस्तावसहित मनकामना स्मार्ट लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

१५ फाल्गुन २०७९, सोमबार १०:२५

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पाँचौ साधारण सभा चैत १६ गते होटल पौवा सिद्धार्थनगर–६ रुपन्देहीमा हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७८।७९ को कायम चुक्तापुँजीको ४.७५% बोनस सेयर र कर तिर्न ०.२५% नगद गरी जम्मा ५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतमा वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि यस संस्थाले चैत १ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ३० गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*