सिनर्जी पावर डेभलपमेन्टले २ः१ अनुपातमा हकप्रद जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

१५ फाल्गुन २०७९, सोमबार ११:०३

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

बोर्डबाट स्वीकृति प्राप्त गरेमा कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन  गर्नेछ । कम्पनीले बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*