यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
१५ फाल्गुन २०७९, सोमबार १५:०४

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ३.६५ अंकले घटेर २०२३ को विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजार घटेसँगै आज कारोबार रकम समेत घटेर एक अर्ब ८९ करोडमा सीमित भएको छ । सर्वाधिक हिमालयन डिष्टिलरीको ६ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ८ लाख, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७८ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ६३ लाख र अपि पावर कम्पनीको ३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













