यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
१५ फाल्गुन २०७९, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजारमा झिनो अंकले गिराबट आएको छ । आज शेयर बजार ७ दशमलव ३८ अंकले घटेर २०१९ दशमलव ८१ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा गिरावट आएसँगै राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ६।४३, सिवाइसी नेपाल लघुवित्तको ५।३३, समिट लघुवित्तको ४।९० प्रतिशतले शेयर मूल्य घटेको छ ।













