निरन्तर ओरालो लागिरहेको लघुवित्तको शेयर उकालोतर्फ, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
१५ फाल्गुन २०७९, सोमबार १५:०७

काठमाडौं । अर्थमन्त्रीको राजिनाको खबरले आज शेयर बजारमा सुधार देखिएन । निरन्तर ओरालो लागिरहेको लघुवित्तको क्षेत्रमा भने आज सुधार देखिएको छ ।
आज स्वाभलम्बन लघुवित्तको शेयरमा सबैभन्दा धेरै सुधार देखिएको छ। लघुवित्तको शेयरमूल्य ९।७३ प्रतिशतले बढेको छ।
त्यस्तै, समलि पावर, तारागाँउ रिजेन्सी, उपकार लघुवित्त, ओरियन्टल होटल, प्रिमियर इन्स्योरेन्स, बोर्टलर्स नेपाल (तराई), एनआईसी एशिया ब्यालेन्स फण्ड, विशाल बजार र सिटिजन म्युचुअल फण्डको शेयर मूल्य बढेको छ।













