दुई हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१६ फाल्गुन २०७९, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम समेत घटेर १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक युनिभर्सल पावर कम्पनीको ७ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ५० लाख, सानिमा माई हाइड्रोपावरको ६ करोड ४६ लाा, निफ्राको ३ करोड ७६ लाख र हिमालयन डिष्टिलरीको ३ करोड ४४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*