उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको गिरावट, हाइड्रोपावर उपसूचक चम्कियो

१६ फाल्गुन २०७९, मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजार घटेसँगै लगानीकर्ताहरु निराश बन्दा कारोबार रकम घट्न पुगेको हो ।

नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज हाइड्रोपावर, लगानी, म्युचुअल फण्ड र ब्यापार उपसूचक बढेको छ भने अन्य उपसूचकहरु घट्न पुगेको छ । हाइड्रोपावर उपसूचक ०.८९ प्रतिशत र लगानी उपसूचक १.०३ प्रतिशत म्युचुअल फण्ड उपसूचक ०.३७ प्रतिशत र ब्यापार उपसूचक ०.०१ प्रतिशतले बढेको छ ।

त्यस्तै, सर्वाधिक होटल तथा पर्यटन उपसूचक ०.९७ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक ०.८० प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*