सनराईज र लक्ष्मी बैंकको कहिले हुँदैछ एकीकृत कारोबार ?

काठमाडौं । मर्जरमा सामेल भएका अधिकांश वाणिज्य बैंकहरुले एकीकृत कारोबार सुरु गरिसकेका छन् । एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका लक्ष्मी बैक र सनराइज बैंकले पनि जेठ महिनाभित्रमा एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले २ साता अघि सनराइज र लक्ष्मी बैंकको मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । सैद्दान्तिक सहमतिपश्चात केन्द्रीय बैंकले मर्जर प्रक्रिया ३ महिनाभित्र एकीकृत कारोबार सुरु गर्न समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकेको समयसीमा अनुसार जेठ महिनाभित्र दुई बैंकले एकीृकत कारोबार सुरु गर्ने लक्ष्य लिएको छ ।
मर्जरपश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने भएको छ । मर्जरपश्चात् लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल बैंकको अध्यक्ष र सीईओ अजय बहादुर शाह बन्नेछन् ।
लक्ष्मी र सनराइज बैंकको सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्जरमा जाने सहमति भएको हो । तर, दुवै बैंकको डीडीए रिपोर्टमा ५ प्रतिशतभन्दा बढी आएमा सोही अनुसार कायम हुने उल्लेख छ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।











