मिथिला लघुवित्तको वार्षिक साधारण सभा भोलि, लाभांश र अन्य प्रस्ताव यस्ता छन्

काठमाडौं । मिथिला लघुवित्तको वार्षिक साधारण सभा भोलि हुँदैछ । सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल भिथिला नगरपालिका–१० लालगढ, धनुषामा बिहान ११ बजे बस्ने बस्दैछ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनी १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले हाल कायम रहेको अधिकृत पूँजी २० करोडमा रू। १० करोड थप गरी ३० करोड पु¥याउने प्रस्तावलाई समेत सभाले पारित गर्नेछ । सञ्चालक समितिको अध्यक्ष र सञ्चालकहरूको बैठक भत्ता वद्धि गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
हाल कम्पनीमा ६० प्रतिशत संस्थापकतर्फ र ४० प्रतिशत सर्वसाधारणतर्फ शेयर स्वामित्व रहेको छ । सो संरचना परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक सदिन बुक क्लोज गर्ने भएको हुदाँ फागुन ४ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।












