लाभांश प्रस्ताव सहित आशा लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन १६गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत ११ गते, संस्थाको केन्द्रिय कार्यालय ककनी, नुवाकोटमा बस्ने भएको हो ।
सभाले हाल कायम रहेको चुक्ता पुँजीको १४ दशमलव २८५७ प्रतिशत बोनश शेयर र ० दशमलव ७१४३ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।
सभाले संचालक समितिको आर्थिक वर्षको वित्तिय विवरणको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन लगायत नयाँ लेखापरिक्षक नियुक्त गर्ने प्रस्तावहरु रहेका छन् ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन २६ गते बुुक क्लोज गर्ने भएकोले तसर्थ फागुन २५ गते सम्म कायम शेयरधनीहरुले लाभांश पाउने र सभामा उपस्थित हुन पाउनेछन् ।











