लाभांश र मर्जर प्रस्तावसहित स्वाभिमान लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

१७ फाल्गुन २०७९, बुधबार ११:५३

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले छैठौं साधारण सभा चैत्र ११ गते डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहीमा बिहान ११ बजे बस्नेगरी डाकेको हो ।

सो सभाले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८÷७९को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९।८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने, रिक्त सञ्चालक पदमा भएको मनोनयनको अनुमोदन गर्ने, वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्ध पत्रमा संशोधन गर्नेछ ।

सभाले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, अन्य इजाजतपत्र प्राप्त घ वर्गका वित्तीय संस्थासंग मर्जर वा प्राप्ति गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पुर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थाको प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण चैत २ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*