एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो, लघुवित्त बैंकर्स संघका अध्यक्षद्वारा खेद प्रकट

काठमाडौं । एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि जाजरकोटको भेरी नगरपालिकामा कालोमासो दलिएको छ । जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि १६ फागुनमा दुई जना अज्ञात व्यक्तिले कालोमसो दलेको हो ।
उक्त घटनामा संलग्न रहेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप सोधपक्ष गरिरहेको जिल्ला प्र्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मंगलबार घटेको उक्त घटनाबारे लघुवित्त बैंकर्स संघ अध्यक्ष प्रकाश राज शर्माले आफ्ना सामजिक सञ्जाल फेसबुक मार्फत भत्सना गरेका छन् ।
उनले भनेका छन्, ‘लघुबित्तलाई दानबीकरण गरिदैछ आज किन ? कस्को स्वार्थको लागी ? के लघुबित्तबाट भएका कमजोरी र गÞल्तीहरु अपराधको कोटिमा पर्छन ? के जाजरकोट जस्तो ठाऊमा आफनो जीविकोपार्जनको लागि कामगरी राखेको एउटा फील्डस्तरको कर्मचारीले बिभिन्न दुःख कस्ट झेल्दै घर दैलोमा वित्तीय सेवा दिनु अपराध हो ? किन ती कर्मचारीलाई कालोमोसो दलियों ? के अब पनि यस्तै नियति सहन बाध्य हुनू पर्ने हो ? के अब लघुबित्त कर्मचारीलाई तिमि यहाँ काम नगर विदेश जाऊ भन्न खोजिएको हो ? लघुबित्तले मलाई अन्याय गर्यो, सोशण गर्यो, अपराध गर्यो भनेर आज सम्म कतै उजूरी परेको छ ? मुद्दा दायर भयको छ ? छैन, तैपनि हामिलाई अपराधी करार गरिएको छ । यस्तो अवस्थामा लघुबित्तको सेवा कसरी सुचारू गर्ने ? कुनै स्वार्थसमूहले राजनैतिक अस्थिरताको बीच आर्थिक अस्थिरता ल्याई देशलाई अझ दलदलमा फसाऊन खोज्दैछ । सबै सचेत होउं, संवेदनशीलता बूझौ, नेपालको आर्थिक क्षेत्रलाई तहसनहस हुनबाट जोगाउ ।’












