युनाइटेड मोदी हाइड्रोपावरको लाभांश स्वीकृत
१८ फाल्गुन २०७९, बिहीबार १०:२५

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएको हो ।
कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकोमा आयोगबाट स्वीकृत भएको हो ।












