मिथिला लघुवित्तको संचालकमा बिन्देश्वर यादव र पुजा कुमारी नियुक्त
१८ फाल्गुन २०७९, बिहीबार १०:५१

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक समिति नियुक्त गरेको छ । संस्थाको फागुन १७ गते बसेको संचालक समितिको बैठकको निर्णयले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी बिन्देश्वर यादववलाई निर्बिरोध निर्वाचित गरेको हो ।
साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी संचालक पदमा चौधौ वार्षिक साधारण सभाबाट निर्वाचित भएका बिन्देश्वर यादव र पुजा कुमारीलाई फागुन १७ गतेदेखि लागु हुने गरी नियुक्त गरेको हो ।











